हाम्रा साझेदारहरू
हाम्रा साझेदारहरूमा शिक्षक शिक्षा, समावेशी शिक्षा, पाठ्यक्रम विकास, शैक्षिक नेतृत्व, र मुल्याङ्कनको क्षेत्रमा व्यापक अनुभव भएका विभिन्न शैक्षिक संस्था, शिक्षक तालिम संस्था र नागरिक समाजका सङ्घसंस्था छन्। टेक्सेसले नेपाल र फिनल्याण्ड दुबै देशका शिक्षा तथा समावेशीकरणका क्षेत्रमा कार्यरत विज्ञहरूसँग सहकार्य गर्छ।

हेलसिन्की विश्वविद्यालयको शिक्षा विज्ञान संकायले अनुसन्धानमा आधारित विविध शिक्षक शिक्षा कार्यक्रमहरू सञ्चालन गर्छ र यो संकाय सन् २०२३ मा क्यूएस भन्ने कम्पनीले गरेको विश्वभरका युनिभर्सिटीहरूको स्तरीकरणमा २४औं स्थानमा रहेको छ। यस संकायले बहुविधागत र व्यापक शैक्षिक अनुसन्धानका लागि चिनिन्छ र प्रभावकारी शिक्षण र सिकाइका विधिहरूमा नवप्रवर्तनीय अभ्यासहरूलाई प्रवर्द्धन गर्दै विश्वव्यापी छलफलमा योगदान पुर्याउने विज्ञहरूको केन्द्रको रूपमा प्रसिद्ध छ।

ह्यामे युनिभर्सिटी अफ अप्लाइड साइन्सेज (HAMK) अन्तर्गतको प्रोफेसनल टिचर एजुकेसन प्रोग्रामले उच्चस्तरीय शैक्षिक अनुसन्धान तथा विकासका कार्यक्रमहरू सञ्चालन गर्छ। ह्यामे युनिभर्सिटी अफ अप्लाइड साइन्सेजले लामो समयदेखि विभिन्न विकास क्षेत्रका वित्तीय संस्थाहरू (जस्तै आईबीआरडी, आईडीबी, ईयू, युएनआईडीओ) का परियोजनाहरूमा प्राविधिक सहयोग प्रदान गर्दै आएको अनुभव छ। यस संस्थाले सन् २०१३ देखि नेपालमा फिनल्याण्डको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग रहेका परियोजनाहरूमा सक्रिय भएर काम गर्दै आएको छ।

फिन चर्च एड (एफसीए) ले विश्वभर शिक्षक शिक्षा, सिकाइको गुणस्तर र शैक्षिक नतिजा सुधारमा काम कार्य गर्छ। नेपालमा एफसीएले सीमान्तकृत महिला र बालबालिकाको अधिकारमा सहयोग गर्छ। यस संस्थाले शिक्षा, लैङ्गिक सवाल र जलवायु उत्थानशीलताको क्षेत्रमा विज्ञ प्राविधिक सहयोग प्रदान गर्छ। एफसीएले विज्ञ परामर्श र सल्लाहकार सहयोग प्रदान गरेर टेक्सेस परियोजनामा योगदान गर्छ।