a women standing and talking

टेक्सस परियोजना

टेक्सेस (TECSES) फिनल्यान्ड र युरोपियन युनियनको सहयोगमा नेपालमा सञ्चालित शिक्षक शिक्षा परियोजना हो। हामी सङ्घ, प्रदेश र स्थानीय तहमा शिक्षक तालिम र समावेशी पहलमार्फत विद्यालय सुधारका क्षेत्रमा काम गर्छौं।

विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक सहयोग

टेक्सेस (TECSES) फिनल्यान्ड र युरोपियन युनियनको सहयोगमा नेपालमा सञ्चालित शिक्षक शिक्षा परियोजना हो। हामी सङ्घ, प्रदेश र स्थानीय तहमा शिक्षक तालिम र समावेशी पहलमार्फत विद्यालय सुधारका क्षेत्रमा काम गर्छौं।

हाम्रा मूल्यहरू

अनुसन्धान र विज्ञतामा आधारित विकास

टेक्सेसले नेपाल र फिनल्यान्डका शिक्षा तथा समावेशीकरण क्षेत्रका विज्ञहरूसँग सहकार्य गर्छ।

टेक्सेसले मानवअधिकारलाई केन्द्रमा राखेर काम गर्छ

टेक्सेसले आफ्ना सबै गतिविधिमा विकासका लागि मानवअधिकारमा आधारित पद्धति अपनाउँछ र परियोजनाअन्तर्गत गरिने योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन लगायतका सबै काम मानवअधिकारमा आधारित रहेर गरिन्छ।

दिगो सहकार्यको प्रवर्द्धन

टेक्सेसले अधिकारवाहकहरूसँग मिलेर काम गरी सहभागितामूलक ढङ्गले क्षमता र आवश्यकताहरूको मूल्याङ्कन, साझा लक्ष्य निर्धारण र नतिजाहरूका लागि मापदण्डहरू तय गर्छ।

टेक्सेसले परिकल्पना गरेका उपलब्धिहरू

टेक्सेसले नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह र विश्वविद्यालयहरूसँग सहकार्य गरी शिक्षक शिक्षामा सुधार गर्ने लक्ष्य राखेको छ। यस परियोजनाले शिक्षामा समता र समावेशीकरणको प्रवर्द्धनमा विशेष जोड दिन्छ।
टेक्सेसका उपलब्धिबारे थप जानकारी
01
सहभागी विश्वविद्यालयहरूको नवीनतम र अत्याधुनिक पद्धतियुक्त सेवापूर्वको शिक्षक तयारी कार्यक्रम विकास गरी र कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि भएको हुनेछ।
02
शिक्षक तालिम नीति, शिक्षकको पेशागत विकासको गुणस्तर र समावेशी शिक्षाप्रतिको जवाफदेहितासम्बन्धी कार्यहरू प्रभावकारी रूपमा गर्न सङ्घीय स्तरमा रहेका शिक्षा निकायहरूको क्षमता अभिवृद्धि भएको हुनेछ।
03
सहभागी प्रदेश शिक्षा तालिम केन्द्र र विद्यालयहरूको समावेशी र गुणस्तरीय शिक्षक तालिम/शिक्षा तथा शिक्षण प्रदान गर्ने क्षमता अभिवृद्धि भएको हुनेछ।
04
सहभागी प्रदेश शिक्षा तालिम केन्द्र र विद्यालयहरूको समावेशी र गुणस्तरीय शिक्षक तालिम/शिक्षा तथा शिक्षण प्रदान गर्ने क्षमता अभिवृद्धि भएको हुनेछ।
calendar-fullmagnifiercrosschevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram