प्रभाव र उपलब्धिहरू

A teacher writing on a whiteboard as two students watch and listen.

हाम्रो प्रभाव

टेक्सेसको प्रभावसम्बन्धी घोषणा:

यो प्रभाव हासिल गर्नका लागि टेक्सेस परियोजना शिक्षकहरूको पेशागत र शैक्षणिक सीप सुधार गर्दै नेपालमा शिक्षक शिक्षा प्रणाली सुदृढ बनाउन केन्द्रित रहन्छ। परियोजनाले शिक्षामा सबै बालबालिका विशेषत: सामाजिक र आर्थिक रूपमा पछि परेका, सीमान्तकृत समुदायका बालबालिका तथा अपाङ्गता भएका बालबालिकाको सहभागिता बढाउन सहयोग गर्दछ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमार्फत टेक्सेसले नेपालमा शिक्षणको गुणस्तर सुधार गर्ने र समतामूलक सिकाइ वातावरण प्रवर्द्धन गर्ने दिगो संरचना तयार पार्ने लक्ष्य राखेको छ।

टेक्सेसले नेपालको सन्दर्भ र परिवेशअनुसार काम गर्छ। त्यसैले यो परियोजनालाई नेपालको विद्यालय शिक्षा क्षेत्र योजना (२०७९-२०८८) को ढाँचाभित्र रहेर विशेष गरी उद्देश्य १ र २ सँग मेल खाने गरी सञ्चालन गरिन्छ:

  1. १. विद्यालय शिक्षामा सबै बालबालिका विशेषतः सामाजिक तथा आर्थिक कारणले सुविधाविहीन, सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको समतामूलक पहुँच र सहभागिता सुनिश्चित गर्नु; 
  2. २. प्रत्येक बालबालिकाको विद्यालय जाने तत्परता, प्रारम्भिक सिकाइ र गुणस्तरीय सिकाइ उपलब्धि सुनिश्चित गर्दै समग्र विद्यालय शिक्षाको गुणस्तर तथा सान्दर्भिकता अभिवृद्धि गर्नु।  

टेक्सेसले परिकल्पना गरेका उपलब्धिहरू

टेक्सेसले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यस मातहतका निकाय, सहभागी विश्वविद्यालयका शिक्षा संकाय, प्रदेश शिक्षा तालिम केन्द्र, स्थानीय सरकार र विद्यालयहरूसँग मिलेर सुव्यवस्थित र उन्नत शिक्षक शिक्षा प्रणालीको निर्माणमा काम गर्नेछ।

यस परियोजनाले शिक्षकहरूको पेशागत विकासमा सुधार गरी गुणस्तरीय तथा समावेशी शिक्षा सुनिश्चित गर्ने दिशामा काम गर्नेछ।

टेक्सेसले परिकल्पना गरेका चार प्रमुख उपलब्धिहरू देहायबमोजिम छन्:

उपलब्धि १: सहभागी विश्वविद्यालयहरूको नवीनतम र अत्याधुनिक पद्धतियुक्त सेवापूर्वको शिक्षक तयारी कार्यक्रम विकास गरी र कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि भएको हुनेछ। 

उपलब्धि २: शिक्षक तालिम नीति, शिक्षकको पेशागत विकासको गुणस्तर र समावेशी शिक्षाप्रतिको जवाफदेहितासम्बन्धी कार्यहरू प्रभावकारी रूपमा गर्न सङ्घीय स्तरमा रहेका शिक्षा निकायहरूको क्षमता अभिवृद्धि भएको हुनेछ। quality of, and accountability for teacher professional development and inclusive education.

उपलब्धि ३: सहभागी प्रदेश शिक्षा तालिम केन्द्र र विद्यालयहरूको समावेशी र गुणस्तरीय शिक्षक तालिम/शिक्षा तथा शिक्षण प्रदान गर्ने क्षमता अभिवृद्धि भएको हुनेछ। 

उपलब्धि ४: सहभागी स्थानीय सरकार र विद्यालयहरूको शिक्षक पेशागत सहयोग, शैक्षिक नेतृत्व र व्यवस्थापन लगायतका शैक्षिक गतिविधिहरूको योजना तर्जुमा गरी कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि भएको हुनेछ। 

हाम्रो कामबारे थप कुरा तलका लिङ्कमा गएर पढ्नुहोस्:

यस सामग्रीलाई सेयर गर्नुहोस्

magnifiercrosschevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram