सङ्घीय स्तरका कार्य
टेक्सेसले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यस मातहतका प्रमुख निकायहरू— शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक सेवा आयोग, पाठ्यक्रम विकास केन्द्र र शैक्षिक गुणस्तर परीक्षण केन्द्र—सँग सहकार्य गरी नेपालमा समावेशी र गुणस्तरीय शिक्षक शिक्षामा सहयोग गर्न ती निकायहरूको क्षमता सुदृढीकरणमा काम गर्छ।
टेक्सेसले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विकास सहायता समन्वय शाखासँग मिलेर शिक्षकसम्बन्धी प्रारूपहरूको पुनरावलोकनका लागि एकीकृत प्रणाली बनाउने निर्माण गर्नेछ, जसको नेतृत्व शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्नेछ। यस कार्यलाई मार्गदर्शन गर्न विज्ञ टोली गठन गरिनेछ। उक्त टोलीमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक सेवा आयोग, पाठ्यक्रम विकास केन्द्र र शैक्षिक गुणस्तर परीक्षण केन्द्र, विश्वविद्यालयका शिक्षा संकायका प्रतिनिधिहरू र शिक्षक शिक्षा विशेषज्ञहरू सहभागी हुनेछन्। यस टोलीले शिक्षक सक्षमताको प्रारूपको पुनरावलोकन गरी त्यसलाई अद्यावधिक गर्ने प्रक्रिया अघि बढाउनेछ। यस प्रक्रियामा शिक्षक परामर्श कार्यशाला, विज्ञ बैठक, राष्ट्रियस्तरको प्रारूप पुनरावलोकन कार्यशाला र पुनरावलोकित प्रारूपको प्रारम्भिक मस्यौदा तयार पार्ने लगायतका कामहरू गरिनेछ।
टेक्सेसले ले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग मिलेर सेवाकालीन शिक्षकहरूका लागि समावेशी शिक्षामा आधारित नयाँ तालिम प्याकेज विकासमा पनि काम गरिरहेको छ। यो तालिम नेपालकै राष्ट्रिय मापदण्डअनुरूप रही प्रमाणमा आधारित प्रभावकारी शिक्षण अभ्यासहरूमा आधारित हुनेछ। तालिम कार्यक्रमको नेतृत्व शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्नेछ भने यसको कार्यान्वयन देशभर प्रदेश शिक्षा तालिम केन्द्रहरूले गर्नेछन्।
त्यसैगरी, टेक्सेसले शैक्षिक गुणस्तर परीक्षण केन्द्रलाई यसको क्षमता अभिवृद्धिमा र शिक्षक शिक्षा प्रणालीमा सुधार ल्याउनका लागि उक्त केन्द्रले गर्ने केही निश्चित क्रियाकलापहरूमा, जस्तै अपाङ्गता समावेशी मूल्याङ्कन रणनीति विकास र विद्यालयहरूमा समावेशी अभ्यासहरूको अध्ययनमा पनि सहयोग गर्छ।
